चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठ कर्पोरेट डाईनामिक लिडरसिप अवार्डबाट सम्मानित
वि.सं.२०७९ साउन ५ बिहीवार ०९:५०
shares

काठमाडौं ५ साउन । नेपाल चेम्बर अव कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले कर्पोरेट बिजनेस अवार्डबाट सम्मानित भएका छन् । कर्पाेरेट म्यागजिनले मंगलबार होटल र्याडिसनमा आयोजना गरेको कर्पाेरेट बिजनेस अवार्ड समारोहमा श्रेष्ठ डाईनामिक अवार्डबाट सम्मानित भएका हुन् ।
व्यापारिक उद्यमीहरूको सङ्गठन नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष समेत रहेका श्रेष्ठ नव उद्यमी युवाहरुकालागि प्ररणाको एक स्रोत भएको भन्दै कर्पाेरेट म्यागजिनले उक्त अवार्डबाट सम्मान गरेको जनाइएको छ ।
यसका साथै, उनीले नेपाल सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मान्त्रालयको राज्यमन्त्री समेत भएर देशको औद्योगीक क्षेत्रमा पुर्याएको योगदान सदाकालागि अमर रहेको र नेपालको औद्योगिक क्षेत्रको विकासकालगि श्रेष्ठले निभाएको भुमिका स्मरणिय रहेकाले सो अवार्डबाट सम्मान गरेको कर्पाेरेट म्यागजिनका अध्यक्ष उज्वलजंग शाहले बताए ।
सम्मान ग्रहण पश्चात बोल्दै श्रेष्ठले सरकारले विभिन्न वस्तुमा लगाएको आयात प्रतिवन्धले व्यवसयहरु बन्द हुन थालेको र उद्योगहरुले पनि कर्मचारीहरु आधा घटाएको बताए । अहिले उद्योगहरुम पनि ह्रास आएको र आयात पनि प्रतिबन्ध लागेको भन्दै उनले राजस्व कहाँबाट आउछ भन्दै प्रश्न समेत गरे । उनले भने, ‘अहिले उद्योगहरुम पनि ह्रास आउने अनि सरकारले आयातमा पनि प्रतिबन्ध लगाउने, राजस्व चै कहाँबाट आउने ?’
को हुन त राजेशकाजी श्रेष्ठ
जीवनका ६१ औँ वसन्त पार गरेका राजेशकाजी श्रेष्ठ पनि एक सफल उद्यमी हुन् । उद्यमीलेमात्र पनि श्रेष्ठको परिचय पुरा हुँदैन । काठमाडौंका रैथाने उनी आफ्नो जीवनका थुप्रै घुम्तीहरु पार गरीसकेका छन् । कहीँ सफलता र कही असफलताका बाबजुद पनि व्यवसायीहरुको पहीलो सांगाठानीक संस्था नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको राज्यमन्त्री उनका जीवनका सफलताका ठूला खुडकिला हुन् ।
काठमाडौँको पानीपोखरीमा भएको भानुभक्त मेमोरियल बोर्डिङ स्कुलबाट आधारभूत शिक्षा हासिल गरेका श्रेष्ठले उच्च शिक्षा युथ पब्लिकबाट प्राप्त गरेका छन् । तत्कालीन अवस्थामा युथ पब्लिकबाट उच्च शिक्षा हासिल गर्नु प्रतिष्ठाको विषय हुने उनको बुझाइ छ । व्यापारिक घरानाका श्रेष्ठले सानै उमेरदेखि व्यापार तिर हात हालेको बताउँछन् ।
‘पब्लिक युथमा पढ्नु प्रतष्ठिाको विषय हो’ अहिले पनि पुराना दिन सम्झदै श्रेष्ठले भने, ‘एसएलसीपछि कुन विषय पढ्ने भन्दा पनि पब्लिक युथमा पढ्नपर्छ भन्ने होड्बाजी चल्थ्यो । म पनि पब्लिक युथमै पढ्न थालेँ ।’
कमर्सबाट व्याचुलर गरेपछि उनले पनि ब्यापार सुरु गरे । ब्याचुलर गरेर ब्यापार सुरु भएपछि श्रेष्ठको जीवनले नयाँ मार्ग तयार ग¥यो । बुबाले कमाएर दिएको पैसामा पढीरहेको ज्यानलाई आफैले पैसा कमाउने भएपछि ‘ एकतहको सफलता हुने नै भयो । बुबाबाट सिकेको सिप र विद्यालयमा पढेको सैद्धान्तिक ज्ञानले श्रेष्ठलाई व्यापारमा पनि श्रेष्ठ नै बनायो ।
‘व्यापारीको छोरा कमर्सबाट ब्याचुलर गरेपछि व्यापार सुरु भयो’ श्रेष्ठ ती दिनहरु सम्झन्छन्, ‘बुबाको इण्डीयन सामानको होलसेल थियो । ज्याठामा बस्थे, होटल पनि थियो ।’ एक दिन सुरेन्द्र मालाकार आएर, तत्कालीन चेम्बरमा उठ्ने सुझाव दिएपछि उनको व्यवसायिक राजनीति सुरु हुन्छ ।
२०२६ सालबाट चेम्बरको मेम्बर भए पनि चुनावमा उठ्नु पर्छ भन्दा २०४४ साल तिर श्रेष्ठ केही अच्चमित र केही उत्साहित पनि हुन्छन् । पहिलो वर्ष साथीले दिएको सुझावलाई उनले अध्ययनको विषय बनाउँछन् र अर्को वर्षको चेम्बरको चुनामा उनलाई भोटरले पनि उठ्ने सुझाव दिन्छन् चुनाव जित्छन् पनि ।
वार्षिक साधारणसभामा मात्र धेरै मान्छेहरु उपस्थित हुने भएकाले त्यसबेला वर्षेनी चेम्बरको निर्वाचन हुन्थ्यो । डिसेम्बरमा हुने निर्वाचनले व्यवासायीको पक्षमा काम गर्ने टिमलाई चेम्बरको बोर्डमा पठाउँथ्यो । चेम्बर भनेपछि तत्कालीन अवस्थामा सदस्यहरु नै गएर चलाउने वातावरण थियो । अध्यक्ष उपाध्यक्ष सचिव र सदस्यहरु पनि दिनमा दुई÷चार घण्टाको समय चेम्बरमै बिताउँथे । व्यापारको व्यवहारिक र सैद्धान्तिक ज्ञान भएका श्रेष्ठले त्यो पद्धतिको विकल्पमा सिईओबाट चेम्बर चल्ने विषयलाई उठान गरे र विधान संशोधन गरी त्यो अनुसारको काम गरे ।
‘म तोक लगाउँन नजान्ने मान्छे कसरी महासचिव !’ चेम्बरका मेम्बरले श्रेष्ठलाई महासचिवको लागि प्रस्ताव गर्दा उनले बोलेको बाक्याशं हो । साथीहरुले हामी सिकाउँछौँ भनेर उनलाई महासचिवको जिम्मेवारी पनि सुम्पे । करिव ४ वर्ष महासचिव चलाएपछि श्रेष्ठले उपाध्यक्ष हुने मौका पाए । अहिले पनि आफू महासचिवमै उठ्ने सोच गराएको र साथीहरुले अध्यक्षको तयारीका लागि उपाध्यक्ष उठाएको श्रेष्ठ सम्झन्छन् ।
‘महेश अग्रवाल अध्यक्ष हुँदा मलाई महासचिवमै बस्ने इच्छा थियो।’ उनी भन्छन्, ‘साथीहरुले यसपछिको अध्यक्ष तिमी नै हौ । अध्यक्ष हुन सजिलो हुन्छ भनेर मलाई उपाध्यक्ष बनाइयो । चार वर्ष उपाध्यक्ष भएर काम गरेँ।’
सन् २००० मा श्रेष्ठको काँधमा सिंगो चेम्बरको अविभारा आयो । उनलाई २००० मा भएको चेम्बरको निर्वाचनले अध्यक्ष पदको जिम्मेवारी सुम्पियो महासचिव र उपाध्यक्ष हुँदा व्यापारीहरुको हितमा काम गरेको प्रतिफलको रुपमा चेम्बरको अध्यक्ष पाएको श्रेष्ठको सम्झनामा छ । उनी भन्छन्, ‘सबैले महासचिव, उपाध्यक्ष राम्रोसँग गरेको भएर मलाई नै अध्यक्षको जिम्मेवारी दिए।’
उनको यात्राले चेम्बरको अध्यक्षमा मात्र चित्त बुझाएन । तत्कालीन सरकार बाट सहायक मन्त्रीको जिम्मेवारीका लागि अफर भयो । उनले हतारमा चेम्बरमा आएर साथीहरुसँग सल्लाह गरे । सबैले मन्त्री बन्ने सुवर्ण अवसर नगुमाउन आग्रह र अनुरोध गरे । श्रेष्ठ अहिले पनि सम्झन्छन् उनलाई फोन आएको दुई घण्टामा रेडियो नेपालले समाचारका रुपमा उनी राज्यमन्त्री भएको घोषणा गरिसकेको थियो ।
मन्त्रालयको नौं महिनाको बसाई पनि श्रेष्ठाका लागि सुखद्नै रह्यो । उनले मन्त्रालयमा काम गरेको नौ महिनाको अनुभव सम्हालेर पुनः चेम्बरमै फर्किए ।
नेपालमा हुने सरकार परिवर्तन र परिवर्तन भएको सरकारले अघिल्लो सरकारको कामलाई निरन्तरता नदिनु नै मुख्य समस्या भएको बताउँछन् । हाल विश्व अर्थतन्त्र संकटमा परिरहेको बताउँदैन श्रेष्ठ नेपालमा त्यसको असर पर्न नदिन बेलैमा छलफल र वैकल्पिक उपाएहरु अपनाउँन सुझाव पनि दिन्छन् । हाल उनी नेपालका लागी भेत्नामका अबैधानीक दुत छन् ।



















