Dhulikhel Eco Banner new

सदस्यहरुले अनिवार्य लोगो प्रयोग गर्नु पर्ने डेरी एसोसिएसनको निर्णय

10.06K
shares

काठमाडौं, ६ साउन । निजी डेरीको छाता संगठन नेपाल डेरी एसोसिएसनले राष्ट्रिय दुग्ध विकास बोर्डबाट प्रदान गर्दै आएको दूध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग गरिने गोलो अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने निर्णय गरेको छ । एसोसिएसनको केन्द्रीय कमिटिको बैंठकले लोगो प्रयागलाई अनिवार्य गर्ने निर्णय गरेको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

यसका साथै विपत व्यवस्थापन राहत कोष खडा गर्ने पनि निर्णय गरेको छ । एसोसिएसनका सदस्यहरुको हितका लागि कोष निर्माण गर्ने निर्णय गरिएको अध्यक्ष दाहालले बताए । नेपाल डेरी एसोसिएसनको कार्यालयमा बसेको केन्द्रिय समितिको बैठक नेपाल डेरी एसोसिएसनमा आबद्ध सदस्यहरुलाई भैपरी आउने विपदमा सहयोग गर्न कोष खडा गरिएको अध्यक्ष दाहालको भनाइ छ ।

केन्द्रिय समितिको बैठकले उक्त विपत व्यवस्थापन कोषका लागि छुट्टै विभाग समेत गठन गरेको छ । पहिलो दिन नै कोषमा ३ लाख रुपैयाँ जम्मा भएको पनि अध्यक्ष दाहालले जानकारी दिए । बैठकले ९ सदस्य सचिवालय एवं ५ सदस्य सल्लाहकार समिती समेत गठन गरेको छ ।

यसका साथै बैठकले कार्य विभाजन गर्दै ८ वटा विभाग समेत गठन गरेको छ भने प्राविधिक एवं विशेष योजनाका लागि एक विज्ञ नियुक्त गर्ने समेत निर्णय गरेको छ । बैठकले ३ वर्षे कार्यकालको लागि कार्ययोजना तयार गरेको छ । एसोसिएसनले गर्ने हरेक बैठकमा आचार संहिता लागु गरी कार्यान्वयन गर्ने, आर्थिक स्रोत परिचालनको लागि एक उपसमिती निर्माण गर्ने, डेरी सम्बन्धी जानकारीका लागि वार्षिक रुपमा डेरी दर्पण र ६÷६ महिनामा डेरी बुलेटिन प्रकाशित गर्ने लगायतका निर्णय गरेको अध्यक्ष दाहालले बताए ।