Dhulikhel Eco Banner new

नगद मार्जिनलाई पुनरावलोकन हुने

4.54K
shares

काठमाडौं, ६ साउन । राष्ट्र बैंकले आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लाने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै केही वस्तुहरुको आयातका लागि प्रतित पत्र खोल्दा राखिने नगद मार्जिनलाई पूनरावलकन गरिने बताएका हुन् ।

हाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्न ५० देखि शतप्रतिशतसम्म मार्जिन राखेर मात्र व्यवसायीहरुले प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडी मोटरसाइलकल लगायत वस्तु आयात प्रतिबन्ध भदौ १४ सम्म आयातमा रोक लगाएको छ ।