मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना
वि.सं.२०७९ भदौ १३ सोमवार ०८:२०
6.88K
shares
shares

काठमाडौ, १३ भदौं । देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।



















