चट्याङ लागेर तीन जनाको मृत्यु
वि.सं.२०७९ भदौ १४ मंगलवार १३:१७
shares

काठमाडौं, १४ भदौ । रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । जिल्लको गरुडा नगरपालिका वडा नम्बर ३ को मलाही टोलमा खेतमा काम गर्न गएका तीन जना महिलाको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर तीन जनाको मृत्यु भएको र केही घाइत भएको रौतहट प्रहरीले जनाएको छ । चट्याङ लागेर मलाही गाउँका सुदनीया देवी, जगिया कुमारी र मनिषा कुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङ लागेर खेतमा काम गरिरहेका अरु घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी प्रहरीको भनाइ छ ।



















