राष्ट्र बैंकमा ४३ जनाका लागि जागिर खुल्यो, योग्यता कति ?
वि.सं.२०७९ भदौ १७ शुक्रवार ०९:३२
shares

काठमाडौं, १७ भदौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । केन्द्रीय बैंकले सहायक निर्देशक, सहायक निर्देशक प्राविधिक र सहायक कर्मचारी गरी ४३ पदका लागि आवेदन खुल्ला गरेको हो ।
सूचना अनुसार बैंकले सहायक निर्देशक अधिकृत स्तरमा १८ जनाको लागि माग गरेको छ । त्यस्तै सहायक निर्देशक अधिकृत प्राविधिक १ जना र सहायक २४ जना गरी ४३ जनाका लागि आवेदन माग गरिएको छ ।
सहायक निर्देशक प्रशासनका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनु पर्ने छ । त्यस्तै सहायक निर्देशक प्राविधिक तर्फ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स विषयमा स्नातक वा सो सरहको शैक्षिक योग्यता हुनु पर्ने छ । त्यस्तै सहायक द्धितीय पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्यता भएकाहरुले आवेदन दिन सकिने छ ।
आवेदन दिने अन्तिम म्याद असोज ६ गते सम्म र दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।





















