Dhulikhel Eco Banner new

सेञ्चुरी क्यापिटल मार्केट्सको साधारणसभा कात्तिक ४ गते

5.02K
shares

काठमाडौं, १३ असोज । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले सातौं वार्षिक साधारणसभा कात्तिक ४ गते गर्ने भएको छ । साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, कमलादीमा उक्त दिन ११ बजे हुने भएको हो ।

साधारण सभामा कम्पनीसँग समान उद्देश्य भएका अन्य कम्पनीलाई प्राप्ति गर्न वा अन्य कम्पनीमा गाभ्ने-गाभिने लगायतका कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गरिनेछ ।

 त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।