Dhulikhel Eco Banner new

जसपाका मन्त्री बर्खास्त गर्दै प्रधानमन्त्री देउवा

4.38K
shares

काठमाडौं, २५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन् । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा आवाज उठाउँदै आएका छन् । जसपाले आगामी चुनावका लागि एमालेसँग सहकार्य गर्ने भए पछि सत्तारुढ गठबन्दनले उसका मन्त्रीलाई हटाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह छन् ।

जसपाका मन्त्री हटाए पनि नयाँ मन्त्री नियुक्त गर्न भने पाइने छैन् । निर्वाचन आचारसंहितका कारण नयाँ मन्त्री नियुक्ति गर्न नपाइने भएको हो ।