Dhulikhel Eco Banner new

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गतका तीन फण्डहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

5.58K
shares

काठमाडौं, १४ कात्तिक । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तिन फण्डहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया ब्यालेन्सड् फण्ड , एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया डाइनमिक डेप्ट फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको हो ।

यी तिन ओटै फण्डले लाभांश वितरण प्रयोजनको लागि कात्तिक १५ गते बुक क्लोज गरेसँगै आज अर्थात कात्तिक १४ गते सम्म कायम इकाईधनीले लाभांश पाउनेछन् ।

एन आईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड् फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई १३/१३ प्रतिशत नगद लाभांश कर सहित र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्न लागेका हुन ।