Dhulikhel Eco Banner new

फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख बराबरको क्षति

5.36K
shares

काठमाडौं, २७ कात्तिक । डोटी सदरमुका दिपायलमा रहेको एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी हुँदा कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

बिजुली तार शर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।