Dhulikhel Eco Banner new

मेला रोक्न जिल्ला प्रशासनको निर्देशन, कुनै पनि हालतमा रोकिदैन् : आयोजक

7.75K
shares

तुलसीपुर १० मंसिर । दाङमा आयोजन हुन लागेको प्रथम लुम्बिनी, पर्यटन तथा व्यापारिक महोत्सव सञ्चाल हुने समय अब ६ दिन मात्रै बाँकी रहेको छ । आयोजकले मेलाको तयारी समेत ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको जनाएको छ ।

आयोजनाको अन्तिम तयारी भइरहँदा मेला आयोजनाका विषयमा भने थप अन्यौलता उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयले मेला रोक्नका लागि निर्देशन दिएसँग मेला आयोजनाको विषयमा अन्यौलता देखिएको हो । आयोजनक प्रचार प्रसारको काम समेत तीब्र रुपमा अघि बढाइरेको अवस्था छ ।

जिल्ला प्रशानस कार्यालय दाङले शुक्रबार सूचना जारी गरेर मेला स्थगन गर्नका लागि निर्देशन दिएको हो । प्रशासनको पत्रमा तुलसीपुरमा सञ्चालन हुन लागेको प्रथम लुम्बिनी, पर्यटन तथा व्यापारिक महोत्सवलाई रोक्न भनिएको छ ।

प्रशासनको यस्तो निर्देशन पछि मंसिर १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भनिएको मेला आयोजना हुनेमा शंका उत्पन्न भएको छ । आयोजकले भौतिक संरचना निर्माण र प्रचार प्रसारलाई निरन्तरता दिइरहेको भन्दै यसका लागि कानुनी लडाइ लड्ने समेत बताएको छ । आफूहरु कानुनीरुपमा बलियो भएकोले मेला नरोकिने मेला आयोजक समितिले बताएको छ । मेला आयोजक समितिका संयोजक अरुण लहरे मेला रोक्न भनी कुनै पनि आधिकारिक निकायबाट पत्र नआएको बताएका छन् । ‘हामीले सबै प्रक्रिया पु¥याएर काम शरु गरेका छौँ । त्यसैले काम मेला रोकिदैन्,’ उनले भने ।

मेलाका विषयलाई लिएर चौतर्फी विरोध भएकाले सहमतिमा गर्नका लागि मेला रोक्न निर्देशन दिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श तुलसीपुरलगायतका व्यापारिक संस्थाको विरोध भएपछि तुलसीपुर उपमहानगरपालिकाले मेला रोक्नका लागि पत्राचार ग¥यो । त्यसैका आधारमा तत्काललाई रोक्न भनेका छौं,’ उनले भने ।

व्यापारीहरु मर्कामा पर्ने भएकोले मेला कुनै पनि हालतमा लगाउन नदिने भन्दै तुलसीपुर उद्योग वाणिज्य संघ मेला सञ्चालनका लागि भौतिक संरचनाहरु निर्माण हुँदादेखि नै विरोधमा उत्रिएको छ । शुरुवाती चरणमा मौन रहेको व्यापारीहरुको अर्को छाता संगठन तुलसीपुर चेम्बर अफ कमर्स भने गैर व्यापारीले व्यापारिक महोत्सव लगाउन नपाइने भन्दै अहिले विरोधम उत्रिएको छ ।

चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोपबहादु घर्तीले पहिला विरोधका कुनै पनि कार्यक्रम तय नगरेको भए पनि व्यापारिहरुले गुनासो गरे पछि विरोधमा उत्रिनु परेको बताए । यूथ्स अफ तुलसीपुर दाङले तुलसीपुर–६ को इन्द्रनगरमा आधुनिक पुस्तकालय निर्माण गर्ने र स्थानीय युवा उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो मेला सञ्चालन गर्न थालेको संयोजक लहरेले बताए । ‘युवाहरुले सामाजिक काम गर्ने उद्देश्यका साथ थालेको काममा बाधा पु¥याउनु कहाँसम्म जयज हो ? हामी पनि यही समाजका मान्छे हौं । भोलि ती संस्थाहरुले लगाउने मेलाले समाजमा विभिन्न खालका समस्याहरु पर्ने भन्दै विरोधमा उत्रियौं भने के हुन्छ ? उहाँहरुसँग समन्वय गर्न खोज्दा पनि बेवास्ता गर्नु भयो,’ उनले भने ।

आफूहरुले गत साउन १ गते इजाजत पाएपछि पत्रकार सम्मेलन गरेर मेला लाग्ने दिन सार्वजनिक गर्दा उहाँहरु मौन बसेको उनको आरोप छ । सुरुमा केही नभनेर अहिले अन्तिम चरणमा आएर बखेडा झिकेको उनको आरोप छ । यत्रो लगानी भएको अवस्थामा कानुनी उपचार खोज्ने उनको भनाइ छ ।