Dhulikhel Eco Banner new

अधिकारकर्मीलाई भेट्न माइतीघर पुगे गृहमन्त्री लामिछाने

5.41K
shares

काठमाडौं, ३० पुस । गृहमन्त्री रवि लामिछाने अधिकारकर्मीलाई भेट्नका लागि माइतीघर पुगेका छन् । उपप्रधानमन्त्री समेत रहेका लामिछानेले निर्मला कुर्मीको न्याय माग्दै धर्ना बसिरहेका बाँकेका अधिकारकर्मीसँग धर्ना स्थलमै पुगेर भेट गरेको हुन् ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि सक्दो प्रयास गर्ने बताएका छन् । ‘आफू घरमा बसेको यो चिसो समयमा तपाइ सडकमा बस्ने अवस्थाले मलाई सारै चिन्तित बनाएको छ । न्याय प्रदान गर्नका लागि सरकार तयार रहेको छ,’ उनले भने ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता पछि मृत्यु भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली अहिले माइतीघरमा धर्नामा बसिरहेका छन् । उनीहरुले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान गर्न माग गरेका थिए ।

घटनाको विषयमा छानविन गरेर कानुन अनुसार न्याय प्रदान गर्ने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि धर्ना दिने कार्यक्रम रोकेर अनुसन्धानमा सहयोग गरिदिन आग्रह गरेका थिए । तर धर्नामा बसेको अधिकारकर्मीहरुले न्याय नपाएसम्म धर्ना जारी राख्ने बताएका थिए ।