Dhulikhel Eco Banner new

सेवा प्रवेशको तीन दशक पुरा गरेको अवसरमा सनराइज क्यापिटलमा विशेष छुट

4.54K
shares

काठमाडौं, २ माघ । मर्चेण्ट बैंकिङ सेवा सुरु भएको ३० वर्ष पुरा गरेको अवसरमा सनराईज क्यािपटलले विषेश छुट योजना ल्याएको छ । क्यापिटलले आजभन्दा ३० वर्ष पहिले माघ १ गतेका दिन एन. आई.डि.सि क्यापिटल मार्केट्सको लिमिटेडको नामबाट कारोबार सुरु गरेको थियो ।

२०४९ साल माघ १ गते एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको नामबाट संचालनमा आएको संस्था पछि २०६७ सालमा एन.आई. डि. सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एन. सि. एम. मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई आफ्नो मर्चेण्ट बैंकिङ्ग कारोवारलाई निरन्तरता दिंदै आएको थियो । त्यस पछि २०७३ साल माघ २८ गते सनराईज बैंकले प्राप्ती गरेपछि सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटल लिमिटेडका नामा कारोबार गरिरहेको छ । क्यापिटलले नेपाली पुँजी बजारको विकास र विस्तारका लागि निरन्तर रुपमा टेवा पुर्‍याइरहेको छ ।

मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा २०७९ साल माघ १ गतेदेखि बिभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ । कम्पनीले ३० दिनका लागि निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर खाता खोल्ने सुविधा दिएको छ । त्यस्तै लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट, ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क, Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट, पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क Custodial service र Portfolio counseling र संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट को व्यवस्था गरिएको छ ।

नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै यस कम्पनीले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा विक्रि प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।