Dhulikhel Eco Banner new

दोस्रो संस्करणको मिडिया अवार्ड सम्पन्न, लाइफटाइम एचिभमेन्ट ताम्राकारलाई

6.45K
shares

काठमाडौं, ७ माघ । दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न १० जना पत्रकारलाई सम्मान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको यो अवार्ड यो वर्ष विभिन्न १० विधाका पत्रकारलाई सम्मानित गरिएको हो ।

ड्रिम हाई नेपालले आयोजना गरेको दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को अवसरमा लाइफटाइम एचिभमेन्ट अवार्ड भने कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममका बीच ताम्राकारलाई १ लाख रुपैयाँ नगद सहित लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान र पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

यो पटकको अवार्डमा बेष्ट इन्टरटेन्मेन्ट जर्नालिजन अफ द इयर, बेष्ट स्पोट्स अफ इयर, बेष्ट अनलाईन जर्नालिजम अफ द इयर, बेष्ट काटुनिष्ट अफ द इयर, बेष्ट विजनेश जर्नालिजम अफ द इयर, रेडियो जर्नालिस्ट अफ द इयर, टीभी जर्नालिस्ट अफ द इयर, फोटो जर्नालिस्ट अफ द इयर, बेष्ट प्रिन्ट जर्नालिस्ट अफ द इयर र बेष्ट युटुव च्यानल अफ द इयर अवार्डमा पत्रकाहरुलाई सम्मान गरिएको हो ।

जसमा यो वर्षको बिजनेश जर्नालिजम अफ द इयर बाट केटिएम भ्वाइस डटकमका रोयल आचार्य, रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, बेष्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका जिबराम भण्डारी, फोटो जर्नालिस्ट अफ इयरबाट मिन बज्राचार्य, बेष्ट प्रिन्ट जर्नालिस्ट अफ इयरबाट नयाँ पत्रिका दैनिकका सिल्पा कर्ण, बेष्ट काटुनिष्ट अफ इयरबाट नागरिक दैनिकका रविन सायमी, बेष्ट इन्टरटेन्मेन्ट जर्नालिस्ट अफ द इयरबाट बाह्रखरीका नरेश फुँयाल, बेष्टस्पोर्टस जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, बेष्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोष्टका बोमलाल गिरी र बेष्ट युटुव च्यानल अफ द इयरबाट मोहन बस्नेत सम्मानित भएका छन् ।

त्यस्तै कार्यक्रममा विकास खतिवडालाई फोटोग्राफि सम्मान, भिम बहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कंडेललाई पब्लिक च्याइस अवार्डबाट सम्मान गरिएको थियो । कार्यक्रमको उद्घाटन वरिष्ठ पत्रकार भैरव रिसालले गरेका थिए ।