Dhulikhel Eco Banner new

पीएनजी विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

9.35K
shares

काठमाडौं, २५ फागुन । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली टोलिले पहिले ब्याटिङ गरिरहेको छ । टियु क्रिकेट मैदानमा सुरु भएको पपुवा न्युगिनि (पीएनजी) विरुद्ध टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो ।

पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ । पीएनजी पनि सिरिजमा सुखद सुरुआत गर्न योजनामा रहेको छ । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर सिधै विश्वकप छनोटमा स्थान बनाउन नेपाललाई बाँकी रहेका सबै चार खेलमा जित निकाल्नु पर्ने हुन्छ ।
घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित निकाल्नु पर्ने बाध्यता रहेको छ ।

पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ ।