वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल
वि.सं.२०७९ चैत १ बुधवार १२:५८
shares

काठमाडौं, १ चैत । वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल अग्रवाल चयन भएका छन् । अग्रवाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्ससमध्येबाट पदाधिकारी चयन गर्ने विधानअनुसार अध्यक्ष सहित सम्पूर्ण सदस्य सर्वसम्मत रुपमा चयन भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा हरि गौतम, उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशिष लाठ, कोषाध्यक्षमा शिवजीप्रसाद साह कलवार, उद्योग सचिवमा सुशान्त चाचान, वाणिज्य सचिव प्रेमचन्द गोयल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सहकोषाध्यक्ष अनोज रूंगटा, सहसचिवमा नरेश टिवडेवाल र निरज अग्रवाल पनि सर्वसम्मत चयन भएका छन् ।



















