GBIME

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन प्रतिपक्षि पनि तयार छ : अध्यक्ष नेपाल

1.01K
shares

काठमाडौं, ५ चैत । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सबैले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कुरामा प्रतिपक्षि पार्टीहरुको पनि कुनै विमती नरहेको बताएका छन् ।

आज आईतबार सघीय संसद भवनमा प्रतिनिधि सभाको बैठक बस्नुअघि पत्रकारसंग कुरा गर्दै उनले सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु नै उचित हुने बताएका हुन् । उनले भने ‘विभिन्न पार्टीहरुको बीचमा सहमति पनि भैसकेको छ । अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ उहाँहरुको पनि ।

मलाई लाग्छ प्रतिपक्षि पार्टीहरुको पनि त्यसमा विमती रहेको अवस्था छैन । अब त्यो राम्रो हुन्छ किन भने विस्वासको मत दिने बित्तिकै प्रतीपक्षमै बस्न पर्ने, सत्ता पक्षमै बस्न पर्ने केही छैन । प्रतिपक्षमा पनि बस्न सकिन्छ । यस अर्थमा पनि सबैले यो सरकार पुष्पकमल दाहाल प्रचण्डजीको नेतृत्वको सरकार उहाँको प्रधानमन्त्रित्वलाई सबैले विश्वासको मत दिदाँ राम्रै हुन्छ । ’

उनले सबैले विश्वासको मत दिने कुराहरुमा सबै पार्टीहरु बिच सहमती भईसकेको उनको भनाई छ । सत्तामा नै बस्न पर्छ भन्ने नभएको भन्दै उनले प्रतिपक्षमा पनि बस्न सकिने बताएका छन् ।