Dhulikhel Eco Banner new

एनआईबिएल एस क्यापिटलको ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न

5.62K
shares

काठमाडौं, ५ चैत । एनआईबिएल एस क्यापिटल लिमिटेड, ACAN कोशी प्रदेश कमिटि र पायोनियर ल एसोसिएट्सको सहकार्यमा रोड टु आईपीओ कार्यशाला सम्पन्न भएको छ । कार्यशाला कोशी प्रदेशको राजधानी बिराटनगरको बञ्जारा चोकमा सम्पन्न भएको हो ।

कोशी प्रदेशका कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो ।

कार्यशालामा क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको आईपीओका विविध पक्ष समेटेर प्रस्तुति दिएका थिए । ACAN कोशी प्रदेश समितिको तर्फबाट समितिका कोशी प्रदेश प्रमुख CA मनोज अधिकारी, सचिव CA तिर्थ यादव र कोषाध्यक्ष CA आश्वनी बंसलले सक्रिय भुमिका निर्वाह गरेका थिए । उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उदाहरणहरु समेटेको थियो ।