माओवादी संसदीय दलका नेता आङ्बोमाथि आक्रमणको प्रयास
वि.सं.२०७९ चैत ७ मंगलवार १५:३८
shares

काठमाडौं, ७ चैत । नेकपा माओवादी केन्द्रका नेता इन्द्र बहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका आङ्बोलाई प्रदेशको नामाकरणमा असन्तुष्ट रहेकाहरुले आक्रमणको प्रयास गरेका हुन् ।
अहिले प्रदेशको नाम कोशी राखेको विषयमा प्रदेश भर नै आन्दोलन भइरहेको छ । हिजो मात्रै प्रदेशका हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो । प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण भएको हो । आक्रमण गर्नेको पहिचान भइसकेको र थप अनुशन्धान कार्य जारी रहेको डीएसपी लिम्बूको भनाइ छ ।
प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएका समूहहरु आन्दोलनमा छन् । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री। सुरक्षा जोखिम बढेपछि मुख्यमन्त्री भ्रमण छोट्याएर सोमबार नै विराटनगर फर्किएका थिए ।



















