Dhulikhel Eco Banner new

जनयुद्धको विरासतले मात्रै पार्टी चल्दैन : प्रचण्ड

4.51K
shares

काठमाडौं, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यकर्ताले नीति र नेतृत्व माथि प्रहार हुँदा पनि टुलुटुलु हेरेको आरोप लगाएका छन् । प्रधानमन्त्री समेत रहेका प्रचण्डले मंगलबार पार्टी कार्यालयमा स्कुल विभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा यस्तो गुनासो गरेका हुन् ।

जनयुद्ध दिवस मनाउने र सहिद घोषणा गर्ने जस्ता काम भएपनि त्यसको उचित प्रचार समेत नभएको उनको दुखेसो छ । उनले अब जनयुद्धको विरासतले पार्टी नचल्ने उद्घोष समेत गरेका छन् । ‘अब जनयुद्धको विरासतले मात्रै पार्टी चल्दैन, पार्टीलाई नयाँढंगले चलाउनु पर्छ । व्यवस्था ल्याउन जति पहल गरियो, अब कार्यान्वयन गर्दा नयाँ एजेण्डा लिएर जानुपर्छ,’ उनले भने । पार्टी जीवनमै ऐतिहासिक निर्णय हुदाँ समेत नीति र नेतृत्वको सर्मथन नभएको पनि उनको गुनासो थियो ।