सरकारमा सहभागि हुने बिषय टुंगो लगाउन लोसपा बैठक बस्दै
वि.सं.२०७९ चैत ९ बिहीवार १०:०६
shares

काठमाडौं, ९ चैत्र । सरकारमा सहभागि हुने बिषयमा केन्द्रीत रहेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’ सरकार बिस्तारको तयारीमा छन् । सरकारमा सहभागि हुन लोसपाले पनि इच्छा जनाएको छ । कम्तीमा दुई वटा मन्त्रालय पाउनु पर्ने अडानमा लोसपा छ । त्यस्तै, बैठकमा आगामी १० बैशाखमा हुने उप निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने बिषयमा छलफल हुनेछ । उप निर्वाचनमा उठाउनु पर्ने उम्मेदवारका बिषयमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।
निर्वाचनमा सहभागि हुन चाहने राजनीतिक दलले बुधबारबाटै आयोगमा गएर दल दर्ता गर्न सुरु गरिसकेका छन् । दल दर्ता १२ चैतसम्म गर्न सकिनेछ । दर्ता दर्ताका लागि आयोगले मंगलबार सुचना सार्वजनिक गरेको थियो । सुचनामा निर्वाचनमा भाग लिने चाहने राजनीतिक दलले ८ चैतदेखि १२ चैतसम्म दल दर्ता गर्न सकिने उल्लेख छ ।



















