Dhulikhel Eco Banner new

सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

5.46K
shares

काठमाडौं, ९ चैत । बिहीबार सुनको मूल्य पुनः बढेको छ । अघिल्लो दिन तोलामा २ हजार रुपैयाँले घटेको सुनको मूल्य बिहीबार १ हजार २०० रुपैयाँले बढेको हो ।

बिहीबार सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । पछिल्लो समय लगातार रुपमा बढ्दै गएको सुनको मूल्य चैत ५ गते १ लाख १० हजार पुगेको थियो । जुन अहिलेसम्मकै सर्वाधिक धेरै मूल्य हो ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।