Dhulikhel Eco Banner new

युरोको मूल्य बढ्दा अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट

6.07K
shares

काठमाडौं, १० चैत । शुक्रबार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । विहीबारको तुलनामा अमेरिकी डलरको मूल्य ६३ पैसाल घटेको हो ।

बिहीबार एक अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको थियो । आज (शुक्रबार) डलर एकको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ १९ पैसा र बिक्री दर ८८ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै आज युरोको मूल्य भने बढेको छ । बिहीबार एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको थियो भने आज खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३ रुपैयाँ ४६ पैसा पुगेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३४ पैसा र बिक्री दर १६२ रुपैयाँ ०८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८६ पैसा रहेको छ । साउदी अरबियन रियल एकको खरिद दर ३४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५ रुपैयाँ १२ पैसा रहेको छ ।