Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तको साधारणसभा ३० चैतमा, लाभांश संधोधन मुख्य एजेण्डा

5.02K
shares

काठमाडौं, १० चैत । जीवन विकास लघुवित्तको साधारण सभा यहि चैत ३० गते आयोजना हुने भएको छ । लघुवित्तलको चौथो वार्षिक साधारण सभा चैत ३० गते कटहरीमा रहेको केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको हो ।

साधारण सभामा मुख्य रुपमा गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई वितरण गर्न घोषणा गरिएको लाभांश संशोधन गर्ने एजेण्डा रहेको छ । सभाले हाल कायम चुक्ता पुँजीको १४.२८५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस अघि लघुवित्तले २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ७.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।