Dhulikhel Eco Banner new

वित्तीय सेवा आर्थिक उन्नतिको पहिलो खडकीलो हो : उप महाप्रवन्धक सुवेदी

12.83K
shares

काठमाडौं, १० चैत । कृषि विकास बैंक लिमिटेडका उप महाप्रवन्धक प्रताव सुवेदीले वित्तीय सेवा नै आर्थिक उन्नतिको पहिल खुडकीलो भएको बताएका छन् । ग्लोबल मनि विकको अवसरमा बैंकको कोशी प्रदेशले इलामको मंगलबारेमा आयोजना गरेको कार्यक्रममा सुवेदीले यस्तो बताएका हुन् ।

१३० जनाको सहयागिता रहेको कार्यक्रममा बैंकको उप महाप्रवन्धक प्रताव सुवेदीले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा मंगलबारे बहुमुखी क्याम्पसका प्राध्यापकहरु, बैकका प्रदेश कार्यालयका कर्मचारी तथा इलामका प्रवन्धकहरुको उपस्थित रहेको थियो । त्यस्तै स्थानीय महिला उद्यमी, विभिन्न समूहका सदस्यहरु, मंगलबारे बहुमुखी क्याम्पस तथा भानूभक्त उच्च माध्यमिक विद्यालयका शिक्षक तथा छात्रछात्राहरुलाई बैंकका उपमहाप्रबन्धक सुवेदीले प्रशिक्षण दिएका थिए ।

सो अवसरमा बैंकले प्रदान गर्ने विभिन्न प्रकारका कर्जा सहुलियत, निक्षेप, बैंकको डिजिटल सेवा सुविधा लगायत विषयमा सहभागिहरुलाई जानकारी दिइएको थियो । त्यस्तै डेविट कार्ड, क्रेडिट कार्ड, ई कमर्स सेवा, सि आश्वा र डिम्याट खाताका विषयमा पनि जानकारी दिइएको थियो । वित्तीय सेवा आर्थिक उन्नतिको पहिलो ढोका भएको भन्दै वित्तीय विषयमा जानकारी लिन आवश्यक रहेको सुवेदीको भनाइ थियो ।

सबै प्रकारका वित्तीय सेवा कृषि विकास बैंक बाटै लिन सकिने भएको हुँदा वित्तीय पहुँच नभएकालाई कम्तीमा खाता खोल्न तथा खाता खोलेकालाई अन्य सेवा सूविधाको लाभ लिई  आफ्नाे दक्षता अभिवृद्धि गर्न र उद्यमशीलताको दायरा फराकिलो बनाउन पनि सुवेदीले आग्रह गरे । ग्राहकहरु प्रतिको कृषि विकास बैंकको उच्च सम्मान तथा आफ्नै परिवेश अनुसारको न्यानो सम्बन्ध कायम राख्दै तपाई हाम्रो घर आंगनको बैंक भएकोले बैंकको सेवा कुनै पनि हिच्किचाहट बिना उपयोग गर्न आग्रह गरे ।