Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य बढ्यो

4.37K
shares

काठमाडौं, १२ चैत । हप्ताको पहिलो कारोबार दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबारभन्दा ६०० रुपैयाँले घटेको सुन तोलामा १ लाख ९ हजार २०० मा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ रुपैयाँ कायम छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियाे।