रोडम्याप फर आईपीओ अन्तर्गत एनआईबिएल एस क्यापिटल र नेशनल बायोटेक बीच सम्झौता
वि.सं.२०७९ चैत १४ मंगलवार ११:३२
shares

काठमाडौं, १४ चैत । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेक प्रा.ली. बिच सम्झौता भएको छ । दुई संस्थाबिच सस्ंथागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले नेशनल बायोटेक प्रा.ली.लाई सर्वसाधारण शेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ । जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पुँजी संरचनामा आवस्यक परामर्श दिने, निष्काशन प्रक्रिया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र शेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ । सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत क्यापिटलले प्रदान गर्नेछ ।
नेशनल बायोटेक प्रा. लि कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपालमा सञ्चालन भइरहेको छ । नेशनल बायोटेक प्राइभेट लिमिटेड नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक कम्पनी हो । जसले उच्च गुणस्तरको जैविक मल दानेदार रूपमा उत्पादन गर्छ । यस कम्पनिको देशभरि १०० भन्दा बढी डिलर र खुद्रा विक्रेताहरू छन् । यस कम्पनीले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू प्रदान गर्दै आइरहेको छ ।
अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरूको सहयोगमा यस कम्पनिले विभिन्न दायरा र मोडेलहरूमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू उत्पादन गर्न सक्षम रहेको छ ।
NIBL Ace ले संस्थागत परामर्श सेवामार्फत व्यवसायिक योजना बनाउन (Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility), पुँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।
सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा नेशनल बायोटेक प्रा.ली.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा नेशनल बायोटेक प्रा.ली. का तर्फबाट अध्यक्ष श्याम विक्रम सिजापतिको पनि उपस्थिति रहेको थियो ।



















