Dhulikhel Eco Banner new

एभरेष्ट बैंकद्धारा २०८० सालको क्यालेन्डर सार्वजनिक

8.23K
shares

काठमाडौं, १४ चैत । एभरेष्ट बैंकले नयाँ वर्षको २०८० को क्यालेन्डर सार्वजनिक गेको छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको हो ।

नेपालको कला, संस्कृति, भाषा भेषभुषा तथा पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले निरन्तर रुपमा यस्ता विषयवस्तु समेटेर आफ्नो क्यालेन्डर प्रकाशन गर्दै आएको छ । ‘नेपालका राष्ट्रिय विभूतिहरु’ भन्ने नारा सहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोष कुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थिति रहेको थियो । साथै, सो कार्यक्रमा सचिव सुरेश अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाती, भूगोल तथा पर्यटन प्रवद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाली कला संस्कृती, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विभूतिहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको बताए ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । बैंकले देशैभरी छरिएर रहेके आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजश्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।