Dhulikhel Eco Banner new

नयाँ वर्षदेखि कुर्था–जनकपुरधाम–जयनगर रेल दैनिक चार पटक आवतजावत गर्ने

5.92K
shares

जनकपुरधाम, २४ चैत । नेपाल रेल कम्पनी लिमिटेडले कुर्था–जनकपुरधाम–जयनगर रुटमा चल्ने रेलको नयाँ समय तालिका सार्वजनिक गरेको छ । २०७८ चैत २० गतेबाट सञ्चालनमा आएको रेलले दैनिक दुई पटक आवत जावत गर्ने गरेकोमा नयाँ वर्ष २०८० देखि दैनिक ४ पटक आहोरदोहोर गर्ने भएको छ ।

नेपाल रेल कम्पनीका प्रबन्ध सञ्चालक निरञ्चन झाद्वारा हस्ताक्षरित सूचनामा बिहान ७ः१५ बजे कुर्थाबाट छुटेर रेल बिहान ९ः१५ बजे जयनगर पुग्ने छ । जयनगरबाट बिहान ९ः३० बजे छुटेर बिहान ११ः३० बजे कुर्था फर्किनेछ । त्यस्तै कुर्थाबाट फेरि दिउँसो २ः४५ बजे छुटेर अपरान्ह ४ः४५ मा जनयनगर पुग्ने छ भने जयनगरबाट साँझ ५ बजे छुटेर साँझ ७ बजे कुर्था फर्किनेछ ।

कुर्थादेखि जनकपुरधाम जयनगरसम्मको ३५ किलोमिटरमा यात्रीसहित दिनको चारपटक रेल चल्ने गरि नयाँ तालिका सार्वजनिक गरिएको उनले बताए ।