GBIME

स्वादिष्ट र रैथाने परिकारका लागि व्यञ्जन हाउस, नयाँ वर्षको अवसरमा विशेष छुट (भिडियो सहित)

2.85K
shares

काठमाडौं, २५ चैत । काठमाडौंको तीनकुनेमा हरेको व्यन्जन हाउसले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुलाई १५ प्रतिशत छुट दिने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा हाउसका सम्पूर्ण सेवामा १५ प्रतिशको छुटको व्यवस्था गरिएको हो ।

यो सुविधा ग्राहकहरुले आउँदो बिहीबार र शुक्रबारका लागि मात्रै रहेको सञ्चालक लक्ष्मण खडकाले जानकारी दिए । ‘हाम्रोमा उपलब्ध हुने सबै परिवारमा नयाँ वर्षको अवसरमा १५ प्रतिशत छुटको व्यवस्था गरिएका छौँ, साथै रैथाने परिवारको प्रवद्र्धन पनि गरिरहेका छौँ,’ उनले भने ।

यदि शान्त वातावरणको खोजिमा हरेकाहरुका लागि यो निकै राम्रा स्थान हो । फरकफरक भान्साको व्यवस्था सहित सेवा प्रदान गरिरहेको व्यञ्जन हाउसका म्यानेजर दीपेन्द्र प्रधानांगले जानकारी दिए ।
व्यञ्जन हाउसमा सुविधा सम्पन्न क्याफे, रेस्टुरेन्ट र पार्टी हाउस एकै स्थानमा रहेको छ । त्यस्तै, हाउसमा नेपाली खाना सहित सबै प्रकारका फास्टफुडका आईटमहरु र सेकुवा आईटमहरु उपलब्ध रहेका छन् ।

रेस्टुरेन्टमा नेपालीसँगै चिनियाँ, इटालियन, बेकरी लगायत परिकारहरु उपलब्ध रहेका छन् । रेष्टुरेन्टको मेनुमा न्यूनतम २०० रुपैयाँदेखिका परिकारहरु पाइन्छन्। पौने ३ रोपनी क्षेत्रफलमा निर्मित रेस्टुरेन्टले नौलो सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएको सञ्चालक खड्काको भनाइ छ । ३५० जना क्षमताको रेस्टुरेन्टमा ५० जना क्षमताको सेमिनार हल र ५०० क्षमताको पार्टी इभेन्ट गर्न साकिने सञ्चालक खड्काले बताए ।

रेष्टुरेन्टमा १० वटा गाडी र ३० वटा दुई पाङ्ग्रे सवारी पार्किङ क्षमता रहेको छ । रेस्टुरेण्ट तीनकुने करिडोरमा भएका कारण सबैलाई पायक पर्ने उनले खडकाले जानकारी दिए । रेस्टुरेन्टमा लक्षमण खड्कासँगै शैलेन्द्र खड्का, पुष्करराज कार्की र निराजन कार्कीको संयुक्त लगानी छ ।