Dhulikhel Eco Banner new

स्नातकोत्तर तहको विद्यार्थी भर्ना म्याचिङ प्रणालीमा योग्यता क्रम मिचियो : सांसद कार्की

4.68K
shares

काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्र्टी रास्वपाकी सांसद तोसिमा कार्कीले स्नातकोत्तर तहको विद्यार्थी भर्ना म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको बताएकी छिन ।

आइतबार प्रतिनिधि सभा बैठकमा कार्कीले डा गोविन्द केसीको साधना, तपस्या र अभियान हुँदा पनि चिकित्सा शिक्षा आयोगमा विचलित भएको भन्दै पछिल्लो समय स्नातकोत्तर तहको विद्यार्थी भर्ना र म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको दावी गरिन् ।

डा गोविन्द केसीको निरन्तरको साधना तपस्या र अभियानमा चिकित्सा शिक्षा आयोग पछिल्लो समय बिचलित भएको देखिन्छ । स्नातकोत्तर तहको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यता क्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो तर भर्ना प्रकिया सच्चाइएको छैन । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को परिच्छेद ६ को दफा १६ र १७ मा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को परिच्छेदको ५ को दफा १८ र २० मा योग्यता क्रम अनुसारको भर्नाको स्पष्ट व्यवस्था गरिएको पनि सांसद कार्कीले उल्लेख गरिन् ।

उनले कम अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति पाउनुका साथै रोजेको विषय र शिक्षण संस्थामा पढन पाउने तर बढी अंक ल्याएका विद्यार्थीले छात्रवृति नपाउनुका साथै शिक्षण संस्था र विषय रोज्न पनि नपाउने अवस्था सृजना भएको टिप्पणी गरिन ।

उनले जेहेनदार विद्यार्थीमाथि कुठाराघात भएसंगै नियम र मर्मलाई मिचिएको बताइन् । तत्कालै भर्ना प्रकृया सच्चाएर थप क्षति हुनवाट स्वास्थ संयन्त्रलाई जोगाउनु पर्ने पनि उनको आग्रह छ ।