Dhulikhel Eco Banner new

कारोनाका कारण एक जनाको मृत्यु, १०४ जनामा संक्रमण पुष्टि

4.91K
shares

काठमाडौं, ४ वैशाख । पछिल्लो २४ घण्टामा कारोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ६३२ नमुनामध्ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ३७९ जना पुगेको छ । उनीहरुमध्ये संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ । सोमबार ६० जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।