Dhulikhel Eco Banner new

उपनिर्वाचन : बारा २ मा उपेन्द्र यादव र शिवचन्द्र कुशवाहबीच कडा टक्कर

10.34K
shares

बारा, ११ वैशाख । उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. २ को मतपरिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह बीच कडा टक्कर देखिएको छ । पछिल्लो मत परिणाम अनुसार उपेन्द्र यादवले ८९ मतको अग्रता लिएका छन् ।

सुरुवात देखिनै कुशवाहले अग्रता लिइरहेको थिए । तर पछिल्लो पटक यादव अघि आएका हुन् । करैयामाई गाउँपालिका वडा नं १ र २ ३ र सुवर्ण गाउँपालिका वडा ८ (ख) को मतगणना अनुसार यादवले १ हजार ३९० मत प्राप्त गरेका छन् भने कुशवाहाले १ हजार ३०१ मत प्राप्त गरेका छन् ।