Dhulikhel Eco Banner new

गोरखा भुकम्पको ८ वर्ष पुरा

4.97K
shares

काठमाडौं, १२ वैशाख । आजकै दिन ८ वर्ष पहिले गोरखाको बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । २०७२ साल वैशाख १२ गते गएको भुकम्पका कारण भत्केका संरचनाहरु अझै पूर्ण रुपमा पुनः निर्माण भने हुन सकेका छैन् ।

७.८ रेक्टरस्कलेको भुकम्पमा परेर देशभर ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए । भुकम्पबाट भत्केका संरचनाहरु अझै पनि बन्न नसेको अवस्थामा सरकारले बारपाकमा भने भुकम्प स्मृति उद्यान निर्माणको कार्य सुरु ग¥यो । तर सुरुभएको करिब ७ वर्ष वितिसक्दा पनि यो कार्यले पूर्णता भने पाएको छैन् ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले भने मंगलबार पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।