Dhulikhel Eco Banner new

बारा २ मा उपेन्द्र यादव ४८ सय मतले अगाडि

4.8K
shares

काठमाडौं, १२ वैशाख । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता कायमै राखेका छन्। यादवले अहिलेसम्म १५ हजार १ सय ८३ मत ल्याएका छन्।

उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले पछ्याइरहेका छन्। उनले अहिलेसम्म १० हजार ३ सय ७० मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ५ हजार २७ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ९५ मत ल्याएका छन्।

उक्त्त स्थानमा मतगणना जारी छ।