कोरोनाका कारण थप एक जनाको मृत्यु
वि.सं.२०८० वैशाख १३ बुधवार १८:०४
shares

काठमाडौं, १३ वैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ८२ जनामा कारोना संक्रमण पुष्टि भएको र एक जनाको मृत्यु भएको हो ।
बुधबार एक जनाको मृत्यु भएसँगै नेपालमा कारोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ ।
यही अवधिमा ६५ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ३६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।



















