युवाहरुलाई उद्यमशीलता र लगानीसँग जोड्नु पर्छ : सांसद गौतम
वि.सं.२०८० वैशाख २६ मंगलवार १७:३४
shares

काठमाडौं, २६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले युवा पुस्तालाई देशमा रोक्ने किसिमको काम बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै आपत्ति जनाएकी छिन् ।
प्रतिनिधिसभाकोे मंगलबारको बैठकमा बजेटका प्राथमिकता र सिद्धान्तबारेको छलफलमा उनले आर्थिक आत्मनिर्भरता, सहज जीवनशैली र भविष्यको सुनिश्चितताको लागि युवाहरु विदेश पलायन हुने गरेको भन्दै उद्यमशीलता र लगानीलाई युवासँग जोड्नु पर्ने टिप्पणी गरिन् ।
उनले भनिन् ‘अर्थिक आत्मनिर्भरता, सहज जीवनशैली र भविष्यको सुनिश्चितताको लागि युवाहरु विदेश पलायन भईरहेका छन् । विनियोजन विधेकमा यो युवा पुस्ताले देशमा नै रहन मन लाग्ने किसिमको सिद्धान्त र प्राथमिकतामा नपरेको जस्तो अनुभव भयो । उद्यमशीलता र लगाीलाई सँगसँगै जोडेनुप¥यो, यो सैद्धान्तिक विनियोजन विधेयकमा परेको छैन् ।’



















