थप १७ जनामा कारोना संक्रमण पुष्टि
वि.सं.२०८० वैशाख २७ बुधवार १८:१४
4.49K
shares
shares

काठमाडौं, २७ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै कोरोनाका संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ । संक्रमितमध्ये संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । कोरोना संक्रमणबाट बुधबार मात्रै २३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।



















