‘ज्यूँदो शहीद’ मुकेश कायस्थको मृत्यु
वि.सं.२०८० वैशाख २८ बिहीवार ०९:३१
6.63K
shares
shares

काठमाडौं, २८ वैशाख । जनआन्दोलन २०६२/६३ मा घाइते भएका ‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन भएको छ । काभ्रेको बनेपाका कायस्थको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।
२०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते भएका थिए । मुकेशलाई सोमवार सास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।



















