Dhulikhel Eco Banner new

शरणार्थी प्रकरणलाई नजिर बन्ने गरि टुङ्ग्याउनु पर्छ : स्वर्णिम वाग्ले

5.27K
shares

काठमाडौं, ३० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणलाई नजिर बन्ने गरि टुङगोमा पु¥याउर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनमा उनले यस प्रकरणमा दोषी कुनै पनि हालतमा उम्कन नहुने बताएका हुन् ।

‘अहिलेसम्म प्रधानमन्त्री गृहमन्त्री र सरकारले यस्लाई अगाडि बढाउँनुपर्छ भन्ने तर उनीहरु पनि दबाबमा नपरुन । त्यसमा नागरिकले खबरदारी गर्नुपर्छ । काम गर्दा शक्ति पनि दिनुपर्छ त्यसैले नडराउ खुट्टा नकमाउ । यो काण्डलाई यसरी टुङगोमा पु¥याउ यो नजिरमा पनि बनोस् । दोषी उम्कन हुन्न,’ उनले भने ।