Dhulikhel Eco Banner new

कालिञ्चोक दर्शनको नाफा बढ्यो

5.54K
shares

काठमाडौं, ३१ वैशाख । कालिञ्चोक दर्शन लिमिटेडको नाफा बढेको छ । लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार ४५.४२ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १ करोड ५६ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४ करोड ५९ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १६.८१ प्रतिशत बढेको छ भने अन्य आम्दानी ९७.४५ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७१ पैसा बढेर ५ रुपैयाँ ५ पैसा पुगेको छ ।