Dhulikhel Eco Banner new

सेवा शूल्कका कारण श्रमिक ठगिरहेका छन् : अध्यक्ष भण्डारी (भिडियो सहित)

4.45K
shares

काठमाडौं, १ जेठ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले तिर्नु पर्ने सेवा शूल्क तोकिनु पर्ने बताएका छन् । केटिएम भ्वाइसँगको कुराकानीमा अध्यक्ष भण्डारीले अहिले शून्य लागतमा श्रमिक पठाउने नियमका कारण श्रमिक ठगिएको उनले बताएका हुन् ।

वैदेशिक रोजगारीका क्षेत्रमा अन्तराष्ट्रिय अभ्यासलाई हेरेर यो नियमलाई परिवर्तन गर्नु पर्ने उनको भनाइ थियो । ‘व्यवसायीले पनि यो नियमलाई पालना गरेका छैनन् । यसबाट राज्यलाई राजश्वमा प्रभाव परेको छ भने श्रमिकले बढी रकम तिर्नु परेको छ,’ उनले भने । वैदेशिक रोजगारीमा पठाउँदा सेवा शूल्क बापत एक महिनाको तलब सुविधा बराबरको रकम लिने पाउनु पर्ने उनको भनाइ थियो ।

अहिले नेपालबाट अदक्ष श्रमिक विदेश गइरहेको भन्दै सरकार, व्यवसायी र संघले दक्ष श्रमिक पठाउने विषयमा छलफल गरिरहेको पनि उनले बताए । ‘यसका लागि सबैको सहकार्य अपरिहार्य रहेको छ,’ उनले भने । राजनीतिक नेतृत्वले सस्तो लाकप्रियताका लागि अव्यवहारीक निर्णय गर्दा वैदेशिक रोजगारीको क्षेत्रमा समस्या उत्पन्न भएको उनको आरोप छ । ‘फ्रि भिसा फ्रि टिकटदेखि १ वर्षमा १०० जना श्रमिक पठाउनै पर्ने निर्णय अव्यवहारीक छन्,’ उनले भने ।

व्यवसायीहरु पनि मर्यादित बन्नु पर्ने भन्दै यदि कसैले गलत काम गरेको खण्डमा संघले कडाभन्दा कडा कारबाही गर्ने उनको भनाइ छ ।