GBIME

प्रधानमन्त्री दाहाल चार दिने भ्रमणको लागि भारत प्रस्थान

1.25K
shares

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि नेपाल वायुसवा निगमको जहाजबाट भारत प्रस्थान गरेका छन् । बुधबार अपराह्न प्रधनमन्त्री दाहालसहितको एक जम्बो टोली भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको हो ।

भ्रमणका लागि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाई गरेका छन् । उनको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो । उनको साथमा बिभिन्न क्षेत्रका १ सय व्यक्ति भ्रमण दलमा सहभागी छन् ।

प्रधानमन्त्री दाहालको आजको कार्यक्रम दिल्ली केन्द्रित रहने छ । त्यस्तै, उनले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुईपक्षीय हितका विषयमा छलफल गर्ने कार्यतालिका रहेको छ । उनी जेठ २० गते स्वदेश फकर्नेछन् ।