GBIME

तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरमा चक्काजाम

744
shares

काठमाडौं, २१ जेठ । तत्काल नागरिकता नबन्ने भएपछि जनकपुरधाममा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेसंगै नागरिकता बनाउन पुगेका युवालाई तत्कालका लागि नबन्ने जानकारी जिल्ला प्रशासन कार्यालयले गराएपछि युवाहरु आक्रोसित भएका हुन् ।

आईतबार विहानैदेखि नागरिकता बनाउन पुगेका युवाहरुलाई बेलुकीसम्म कुराएर नागरिकता नबन्ने भनिएको भन्दै उनीहरुले चक्काजाम गदै विरोध जनाएका छन । अहिले जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो अबरुद्ध छ । आक्रोसित युवाहरुले टायरसमेत बालेर प्रमुख जिल्ला अधिकारी मुर्दावादको नारा लगाउँदै छन ।

प्रहरी प्रशासनले स्थित नियन्त्रणमा लिने प्रयास गर्दै छन तर आक्रोसित युवाहरुले नागरिकता नबनुनजेल सडक अबरुद्ध गर्ने भन्दै बिरोध गर्दै आएका छन ।