Dhulikhel Eco Banner new

मन्त्रालयगत बजेटमाथि छलफललाई निरन्तरता दिन प्रतिनिधि सभा बैठक बस्दै

5.29K
shares

काठमाडौं, १ असार । संघीय संसद अन्र्तगत आज(शुक्रबार) प्रतिनिधिसभा बैठक बस्दै छ ।
बैठक बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा बजेटमाथि विहिबारबाट सुरू भएको मन्त्रालयगत छलफलको क्रम जारी रहने संसद सचिवालयले जनाएको छ । सचिवालयको कार्यसूचीअनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि आर्थिक वर्ष ०८०÷०८१ को लागि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।

आजको छलफलमा उल्लेखित तीन मन्त्रालयमाथि खर्च कटौतीको माग सहित सांसदहरुले प्रस्तावसमेत पेश गर्ने बताईएको छ ।