बचतकर्ताको पैसा नतिर्ने सहकारी सञ्चालक ३/४ करोडको गाडिमा हिडिरहेका छन् : सांसद श्रेष्ठ
वि.सं.२०८० असार १७ आइतवार १५:०७
shares

काठमाडौं, १७ असार । सांसद सुमना श्रेष्ठले सहकारीमा आमनागरिकको पैसा नदिएर सहकारी सञ्चालकहरु ३,४ करोडको गाडिमा हिड्ने गरेको भन्दै उनीहरुमाथि कारर्बाही हुनुपर्ने बताइन् ।
आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सहकारी सञ्चालकहरुलाई कारर्बाही हुनुपर्ने बताइन् ।
उनले भनिन् ‘सहकारीमा पैसा दिएको छैन आफु भने ३—४ करोडको गाडी चडेर हिड्छन् । त्यस्ता मान्छेलाई हामीले के गर्छौं ? नमस्कार गरेर भलाकुसारी गर्ने हो की भन्ने हो यो भएन भनेर ।’ त्यस्तै उनले नेपाली समाजको चरित्र बदल्न आवश्यक रहेको बताएकी छिन् ।
‘मलाई हाम्रो समाज धन भएर ऐश्वर्य नभएको समाज जस्तो लागिरहेको छ । मिटर व्याज दिने मान्छेहरुमा टयाक्सिको मिटर जस्तो मिटर चढ्ने पैसा त रै छ तर ऐश्वर्य चाहीँ रैनछ । नेताका दर्जा पाएका हामीहरु भाषणबाट हुन्छ कि के बाट हुन्छ समाजको चरित्र पनि बदल्न आवश्यक छ ।’



















