कुमारी बैंकका सबै शाखा शनिबार खुला रहने
वि.सं.२०८० असार २९ शुक्रवार २१:४५
4.3K
shares
shares

काठमाडौं, ३० असार । चालु आर्थिक वर्षको अन्तिम शनिबार ३० गते शनिबार कुमारी बैंकका सबै शाखा कार्यालयहरु खुला रहने भएका छन् । बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै शनिबार २ः३० बजे दिउसोसम्म सबै शाखा खुला राख्ने जानकारी दिएको हो ।
आर्थिक वर्षको अन्त्य भएकाले शनिबार भएपनि अधिकांश बैंकहरु खुला हुनेछन् । केन्द्रीय बैंकले पनि सेवाग्राहीहरुको सहजताका लागि बैंक खुला राख्न बैंकहरुलाई निर्देशन दिएको छ ।



















