GBIME

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

960
shares

काठमाडौं, १ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार १ लाख १२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मूल्य आज पनि स्थिर नै रहेको हो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम थियो । आज सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।