Dhulikhel Eco Banner new

पाकिस्तान र भारतसँगको पराजयसँगै एशिया कपबाट बाहिरियो नेपाल

8.72K
shares

काठमाडौं, १८ भदौ । एसिसी एसिया कपअन्तर्गत नेपाल डकवर्थ लुइस पद्धतिको आधरमा भारतसँग १० विकेटले पराजित भएको छ । श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल पराजित भएको हो ।

भारतले जितसँगै दुई खेलमा तीन अंक जोडेर भारत समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो । यता नेपाल अंकविहिन बनेर एसिया कपबाट बाहिरिएको छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो । वर्षाका कारण २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो ।

भारतका लागि कप्तान रोहित शर्माले ७४ रनको अर्धसतकिय पारी खेले । त्यस्तै शुभमन गिलले मद्दतमा ६७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २३० रन बनाएको थियो ।