बन्दीपुर केवलकारले आईपीओ जारी गर्ने
वि.सं.२०८० मंसिर १९ मंगलवार ०८:३५
shares

काठमाडौं, १८ कात्तिक । बन्दिपुर केवलकार प्रालिले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले आगामी साधारणसभामा प्रमुख एजेण्डा नै आईपीओ जारी गर्ने रहेको छ ।
बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडले पुस १४ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ ।बैठक त्यही दिन विहान ११ बजेदेखि बन्दीपुर आयोजना परिसर ९तल स्टेसन०, केबलकार चोक, बन्दीपुर–४, तनहुँमा बस्नेछ ।
अन्य एजेण्डामध्ये सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई साधारण शेयर जारी गर्ने एजेण्डा रहेको छ । साधारण शेयर बिक्रीबाट प्राप्त पूँजीगत रकम सर्वसाधारणलाई कसरी उपयोग गर्ने भन्ने विषयमा छलफल भएको छ ।
नेपाल धितोपत्र बोर्ड, सीडीएस र क्लियरिङ लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा धितोपत्रको सार्वजनिक निष्काशन, अभौतिकीकरण र सूचीकरणका लागि क्रमशः गर्नुपर्ने आवश्यक प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विषयमा छलफल गर्ने ।
साथै, लेखा परीक्षकको प्रतिवेदनलाई पीएल स्टेटमेन्ट, वित्तीय प्रतिवेदन र नगद प्रवाह प्रतिवेदनसहित अनुमोदन गर्ने र आर्थिक वर्ष २०८०र८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र निर्देशकको पारिश्रमिक, भत्ता र अन्य सुविधाबारे छलफल गर्ने एजेन्डा रहेको छ।



















